आर्थिक सर्वेक्षण शुक्रबार २ बजे र बजेट शनिवार ४ बजे सार्वजनिक गरिने

काठमाडौं, १३ जेठ । आर्थिक सर्वेक्षण भोली (शुक्रबार) २ बजे सार्वजनिक हुने भएको छ । अर्थ मन्त्रालयमै डिजिटल माध्यमबाट सर्वेक्षण सार्वजनिक गर्ने कार्यक्रम रहेको जनाइएको छ।

त्यसको भोलीपल्ट अर्थात जेठ १५ गते ४ बजे अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८–७९ को बजेट सार्वजनिक गर्ने जनाइएको छ । प्रतिनिधिसभा विघटन भएकाले नयाँ संविधान आएपछि पहिलो पटक अर्थमन्त्री पौडेलले आगामी बजेट अध्यादेशबाट ल्याउन लागेका हुन् । संविधान अनुसार प्रत्यक वर्षको जेठ १५ मा आगामी अर्थिक वर्षको बजेट ल्याउनुपर्ने व्यवस्था छ ।

कोरोनाले आमनागरिकको जीवन र अर्थतन्त्र निकै प्रभावित भएकाले आगामी बजेटको प्राथमिकता त्यसमा हुनुपर्ने बताइएको छ । तर सरकारले आगामी कात्तिक र मंसिरमा निर्वाचन घोषणा गरेकाले मतदाता रिझाउने खालका कार्यक्रम ल्याउने हो की भन्ने आशंका व्यक्त हुन थालेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *