Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

बुढीगण्डकी प्रभावितलाई मुआब्जाको रकम निकासा, बैंकको निक्षेपमा अचानक वृद्धि

बुढीगण्डकी प्रभावितलाई मुआब्जाको रकम निकासा, बैंकको निक्षेपमा अचानक वृद्धि

काठमाडौं, ८ चैत्र । सरकारले बुढीगण्डकी जलविद्युत् आयोजनाका प्रभावितहरुलाई मुआब्जाका लागि रकम निकासा गरेको छ । जसका कारण बैंकहरुको निक्षेपमा अचानक वृद्धि देखिएको छ । बैंकहरुमा फागुन २५ गतेदेखि चैत्र २ गतेसम्म बैंकहरुमा १६ अर्ब रुपैँया निक्षेप थपिएको हो । यो अवधिमा विदेशी मुद्राको निक्षेप पनि एक अर्ब रुपैँयाले बढेको छ ।
निक्षेपमा आकर्षक योजनाका बाबजुद पनि बैंकहरुमा निक्षेप बढ्न नसकिरहेको सन्दर्भमा एक सातामै १६ अर्ब रुपैँया निक्षेप बढ्नुमा बुढीगण्डकी जलविद्युत् आयोजना प्रभवितका लागि मुआब्जा वितरण गर्न सरकारबाट उल्लेख्य रकम हस्तान्तरण हुनु हो । सरकारले आयोजना प्रभवित गोर्खा र धादिङका बासिन्दाहरुलाई मुआब्जा वितरण गर्न ५ अर्ब रुपैँया सरकारले बैंकमा हस्तान्तरण गरेको थियो । चालु आर्थिक वर्षको आठ महिनामा बैंकहरुको कुल निक्षेप संकलन २२ खर्ब ३५ अर्ब रुपैँया र कर्जा लगानी १९ खर्ब ६४ अर्ब रुपैँया पुगेको छ । चालु आर्थिक वर्षको ८ महिनामा बैंकहरुले १६१ रुपैँया निक्षेप संकलन गरी २२९ अर्ब रुपैँया कर्जा प्रवाह गरेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x