चीन, कतार र टर्कीमा १८ गतेदेखि नियमित उडान हुने
काठमाडौं, १४ जेठ । सरकारले तीन देशमा नियमित उडान खोल्ने निर्णय गरेको हो। हिजो बसेको मन्त्रीपरिषद् बैठकले जेठ १८ गतेदेखि चीन, कतार र टर्कीका लागि नियमित उडान खोल्ने निर्णय गरेको हो ।
तर ती देशमा साताको एक मात्र उडान हुनेछ । कतारको राजधानी दोहा, टर्कीको इस्तानबुल र चीनका कुनै पनि स्थानमा दोहोरो अन्तर्राष्ट्रिय उडान खुला गरेको हो ।
एअर बबल सम्झौता अन्तर्गत अहिले पनि भारतमा सातामा दुई उडान नियमित रूपमा भइरहेको छ । आन्तरिक उडान खोल्नेबारे भने अहिले कुनै निर्णय भएको छैन ।