Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

दुई इन्स्योरेन्स कम्पनीको शेयर मूल्य समायोजन

दुई इन्स्योरेन्स कम्पनीको शेयर मूल्य समायोजन

काठमाडौं, १४ जेठ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुईवटा इन्स्योरेन्स कम्पनीको शेयर मूल्य समायोजन गरेको छ । शुक्रबार (आज) लुम्बिनी जनरल इन्स्योरेन्स लिमिटेड र सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्य समायोजन भएको हो ।

लुम्बिनी जनरलको ५ प्रतिशत बोनस शेयर पछि शेयर मूल्य ७९१ रुपैयाँ कायम भएको छ । यो कम्पनीको शेयर मूल्य अन्तिम कारोबार दिन बिहीबार ८३१ रुपैयाँ रहेको थियो ।

त्यस्तै सिद्धार्थ इन्स्योरेन्सको १२ प्रतिशत बोनस शेयरपछि शेयर मूल्य १ हजार २०५ रुपैयाँ कायम भएको छ । यो कम्पनीको अन्तिम कारोबार दिन शेयर मूल्य १ हजार ३५० रुपैयाँ रहेको थियो ।

नेप्सेले कम्पनीको अन्तिम कारोबार दिनको आधारमा मूल्य समायोजन गर्ने गर्दछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x