Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

अर्थमन्त्री पौडेलको दोस्रो बजेट अध्यादेश मार्फत, २०६२÷०६३ पश्चात कहिले कसले ल्याए बजेट ?

अर्थमन्त्री पौडेलको दोस्रो बजेट अध्यादेश मार्फत, २०६२÷०६३ पश्चात कहिले कसले ल्याए बजेट ?

काठमाडौं, १४ जेठ । नेपालमा नयाँ संविधान निर्माण पश्चात प्रत्येक वर्षको जेठ १५ मा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने गरिन्छ । बजेट कार्यान्वयनका लागि सहज होस् भन्ने उद्धेश्यले संविधानमै त्यो व्यवस्था गरिएको हो । सोही अनुसार आगामी आर्थिक वर्ष २०७८–०७९ को बजेट अर्थमन्त्री विष्णु पौडेलले भोली सार्वजनिक गर्दैछन् ।

नेपालमा २०६२÷०६३ को जनआन्दोलन पश्चात हालसम्म १३ वटा बजेट सार्वजनिक भएको छ । कहिले कुन अर्थमन्त्रीले बजेट सार्वजनिक गरे त्यो हेरौ ः

आर्थिक वर्ष २०६३÷०६४ मा अर्थमन्त्री डा. रामशरण महतले बजेट ल्याएका थिए । त्यस्तै आर्थिक वर्ष २०६५÷०६६ डा. बावुराम भट्टराई, २०६६÷०६७ सुरेन्द्र पाण्डे, र आर्थिक वर्ष २०६८÷०६९ भरतमोहन अधिकारीले बजेट ल्याएका थिए ।

त्यस्तै आर्थिक वर्ष २०६९÷७० वर्षमान पुन र आर्थिक वर्ष २०७०÷०७१ शंकर प्रसाद कोइरालाले बजेट पेश गरे । दोस्रो संविधान सभाको चुनाव गर्नको लागि गठन भएको प्रध्यानन्याधीश खिलराज रेग्मी अध्यक्षताको मन्त्रीपरिसद्का अर्थमन्त्री कोइरालाले योजना आयोगको हर्क गुरुङ हलबाट प्रस्तुत गरेका थिए ।

आर्थिक वर्ष २०७१÷०७२ को बजेट पेश गर्ने अवसर पुनः नेपाली कांग्रेसका नेता डा.रामशरण महतले नै पाए । त्यसपश्चात २०७३÷०७४ को बजेट तत्कालिन नेकपा एमालेबाट अर्थमन्त्री बनेका विष्णु पौडेले ल्याए । आर्थिक वर्ष २०७४÷०७५ मा भने तत्कालिन एनेकपा माओवादीबाट अर्थमन्त्री बनेका कृष्णबहादुर महराले पेश गरेका थिए ।

यस्तै आर्थिक वर्ष २०७५÷७६, ०७६ ÷०७७ र ०७७ ÷०७८ को तीन वटा बजेट लगातार अर्थमन्त्री डा. युवराज खतिवडाले ल्याए । अहिले आर्थिक वर्ष २०७८÷७९ को बजेटले अर्थमन्त्री विष्णु पौडेले ल्याउने छन् । बजेट अध्यादेश मार्फत ल्याउँदै छन् । यो उनको दोस्रो बजेट हो । तर उनले संघीय संसद मार्फत बजेट ल्याउने अवसर भने पाएनन् ।

कोभिड–१९ महामारीले मुलुक आक्रान्त रहेका बेला महामारीबाट जनस्वास्थ्य र आर्थिक पुनरुत्थान तथा राहतका प्राथमिकतामा संसदमा सघन छलफल गरी बजेट ल्याउनुपर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा नै विघटन गरिदिएपछि उनले त्यो अवसर गुमाएका हुन । अर्थमन्त्रालयका अनुसार मन्त्री पौडेलले भोली प्रधानमन्त्री कार्यालय बालुवाटारबाट बजेट सार्वजनिक गर्ने छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x