नेपाली युवा मञ्चको अध्यक्षमा उदीप श्रेष्ठ चयन

काठमाडौं, १५ जेठ । नेपाली युवा उद्यमी मञ्चको अध्यक्षमा उदीप श्रेष्ठ चयन भएका छन् । शुक्रवार सम्पन्न मञ्चको १७औँ वार्षिक साधारण सभाबाट श्रेष्ठको अध्यक्ष्तामा ११ सदस्यीय कमिटी चयन गरेको हो ।
मञ्चको प्रथम उपाध्यक्षमा रितेश लामिछाने, द्वितिय उपाध्यक्षमा साहारा जोशी, महिला उपाध्यक्षमा निभिता प्रधान, च्याप्टरतर्फको उपाध्यक्षमा सुमोद मान शैजु, बाह्य मामिला तथा सम्बन्धको प्रमुखमा कुशल सुन्दर श्रेष्ठ, लर्निंग अध्यक्षको रूपमा रिचा श्रेष्ठ र को–लर्निंगका रूपमा पवित्र गौतम चुनिएका छन् । सुदिप घिमिरे र कृष्ण सापकोटा सदस्यमा चुनिएका छन् ।