निषेधाज्ञा अवधिमा साल्ट ट्रेडिङ र खाद्य व्यवस्था कम्पनीबाट सामान अडर गर्नेलाई २० प्रतशित छुट

काठमाडौं, १५ जेठ । सरकारले निषेधाज्ञा अवधिभर साल्ट ट्रेडिङ कर्पाेरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट विक्री गरिने खाद्यन्न समाग्रीमा २० प्रतशित छुट दिने घोषणा गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेट भाषणमा यस्तो व्यवस्था गरिएको जानकारी दिए ।
निषेधाज्ञा अवधिभर यी दुई कम्पनीबाट विक्री हुने चामल, दाल, चिनी तथा खाना पकाउँने ग्याँसमा २० प्रतशित छुट दिने व्यवस्था बजेटमार्फट गरिएको मन्त्री पौडेलले जानकारी दिए ।