सबै स्थानीय तहमा प्राविधिक शिक्षालय सञ्चालन गरिने

काठमाडौं, १५ जेठ । मुलुकमै दक्ष जनशक्ति निर्माण, रोजगारी सृजनाका लागि सबै स्थानीय तहमा प्राविधिक शिक्षालय सञ्चालन गरिने भएको छ । दक्ष जनशक्तिको बढ्दो माग आपूर्तिका लागि आगामी वर्षदेखि कार्यान्वयनमा आउने गरी प्राविधिक शिक्षालय सञ्चालनका लागि आवश्यक बजेट विनियोजन समेत गरिएको छ ।