शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई १ अर्ब ८० अर्ब ४ करोड

काठमाडौं, १५ जेठ । सरकारले आगामी वर्षका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई १ अर्ब ८० अर्ब ४ करोड विनियोजन गरेको छ।
यस्तै मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय आगामी वर्षदेखि सञ्चालनमा ल्याइने जनाइएको छ। सुदूरपश्चिम प्रदेशमा निर्माणाधीन अवस्थामा रहेको गेटा मेडिकल कलेजलाई पनि आगामी वर्ष सञ्चालनमा ल्याइने बजेट मार्फत घोषणा गरिएको छ।
यस्तै १ हजार ५ सय विद्यालय तथा उच्च माध्यमिक विद्यालयका कक्षाकोठा तथा पूर्वाधार निर्माण सुरु गरिने छ ।