Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

भौतिक पूर्वाधारका लागि १ खर्ब ६३ अर्ब बजेट विनियोजन

काठमाडौं, १५ जेठ । सरकारले भौतिक पूर्वाधार मन्त्रालयका लागि १ खर्ब ६३ अर्ब ३७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

काठमाडौं–तराई दु्रत मार्ग निर्माणका लागि ८ अर्ब १५ करोड रुपैयाँ छुट्याइएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दै यो जानकारी गराएको हो ।

यस्तै हुम्लाको सिमकोटलाई आगामी वर्ष राष्ट्रिय राजमार्गसँग जोडिनेछ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोसी, नारायणी, राप्तीलगायतका पुललाई आकर्षक सिग्नेचर पुलले विस्थापित गरिनेछ । आगामी वर्ष ३ सय पुल निर्माण गरिने जनाएको छ। पुल निर्माणका लागि ११ अर्ब १० करोड रुपैयाँ छुट्याइएको छ

कलंलीदेखि महाराजगंजसम्म चक्रपथ विस्तार दुई वर्षमा सक्ने जनाइएको छ। चक्रपथ विस्तारका लागि २ अर्ब ६४ करोड रुपैयाँ बजेट बिनियोजन गरिएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x