Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

देवः विकास बैंकको हकप्रद शेयर चैत २६ गतेबाट

देवः विकास बैंकको हकप्रद शेयर चैत २६ गतेबाट

काठमाडौं, ८ चैत । देवः विकास बैंकले चैत २६ गतेबाट हकप्रद शेयरको बिक्री खुल्ला गर्ने भएको छ । बैंकले १० बराबर ४ अर्थात ४० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । बैंकले उक्त हकप्रद शेयरको आवेदन वैशाख ३० गतेसम्म दिन सकिने जनाएको छ ।

बैंकले ६५ करोड ३३ लाख १० हजार ८५९ रुपैयाँ बराबरको ६५ लाख ३३ हजार १०८.५९ कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको छ । बैंकले जारी गर्ने हकप्रद शेयरको अंकित मुल्य एक सय रुपैयाँ रहेको छ । हकप्रद शेयर निष्कासन पछि बैंकको चुक्ता पुँजी २ अर्ब २८ करोड रुपैयाँ पुग्ने छ । बैंकको हाल चुक्ता पुँजी १ अर्ब ६३ करोड रुपैयाँ रहेको छ ।

बैंकले हकप्रद शेयर निष्कासनको लागि बिक्री प्रबन्धकमा एनआईविएल क्यापिटललाई नियुक्त गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x