मञ्जुश्री फाइनान्सको हकप्रद बिक्री खुल्ला आजबाट

काठमाडौं, ८ चैत । मञ्जुश्री फाइनान्सको हकप्रद शेयरको बिक्री खुल्ला भएको छ । फाइनान्सले आज चैत ८ गतेबाट हकप्रद शेयरको बिक्री खुल्ला गरेको हो । उक्त हकप्रद शेयरको लागि आवेदन वैशाख १२ गतेसम्म दिन सकिने फाइनान्सले जनाएको छ ।

फाइनान्सले १०० बराबर ५ कित्ता अर्थात ५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्नै भएको छ । फाइनान्सले एक सय रुपैयाँ अंकित मुल्य भएको ३ करोड ६२ लाख १९ हजार रुपैयाँ बराबरको ३ लाख ६२ हजार १९० कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको हो । फाइनान्सले हकप्रद शेयर निष्कासनका लागि बिक्री प्रबन्धकमा एस क्यापिटललाई नियुक्त गरेको छ । एस क्यापिटल अहिले एनआईबिएल एस क्यापिट भएको छ ।

फाइनान्सको ५ प्रतिशत हकप्रद शेयर पछि चुक्ता पुँजी ७६ करोड रुपैयाँ पुग्ने छ । फाइनान्सको हाल चुक्ता पुँजी ७२ करोड ४३ लाख रुपैयाँ रहेको छ ।

यस हकप्रदको आवेदन एनआइविएल क्यापिटलको लाजिम्पाट, लगनखेल र पोखरा शाखामार्फत दिन सकिने छ । फाइनान्सको सम्पुर्ण शाखाहरु मार्फत पनि उक्त हकप्रद शेयरको आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ । साथै सि आस्वा प्रणाली मार्फत सहभागी बैंक तथा वित्तीय संस्थाहरु मार्फत पनि हकप्रद शेयरको आवेदन दिन सकिने फाइनान्सले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *