सुनचाँदीको मूल्य बढ्यो
काठमाडौं, १७ जेठ । सोमबार स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा दुईसय रुपैयाँले बढेको छ भने चाँदी पनि तोलामा पाँचसय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि छापावाल सुनको मूल्य ९४ हजार दुईसय कायम गरिएको छ। आइतबार तोलाको ९४ हजार कायम गरिएको थियो ।
यस्तै तेजावी सुनको मूल्य पनि बढेर ९३ हजार सातसय पुगेको छ ।
चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेर १३ सय ६० पुगेको महासंघले जनाएको छ ।