Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

वार्षिक लक्ष्यको ७७ प्रतिशत राजस्व संकलन

वार्षिक लक्ष्यको ७७ प्रतिशत राजस्व संकलन

काठमाडौं, १७ जेठ । चालू आर्थिक वर्षका लागि सरकारले लिएको राजस्व लक्ष्यको करिब ७७ प्रतिशत हासिल भएको छ । चालू आर्थिक वर्षको साढे ११ महिनामा उक्त लक्ष्य प्राप्ति भएको हो ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार जेठ मध्यसम्ममा कुल ७ खर्ब ७८ अर्ब २ करोड ६ लाख रुपैयाँ राजस्व संकलन भएको छ, जुन वार्षिक लक्ष्यको ७९.९ प्रतिशत हो । चालू आवमा सरकारले कुल १० खर्ब ११ अर्ब ७५ करोड ८४ लाख रुपैयाँ राजस्व असुलीको लक्ष्य राखेको छ ।

उक्त अवधिमा भन्सार राजस्वतर्फ ७९.५७ प्रतिशत लक्ष्य हासिल भएको छ । चालू आवमा भन्सार राजस्व संकलनको लक्ष्य ९ खर्ब १२ अर्ब ९४ करोड ९० लाख रुपैयाँ रहेकोमा जेठ १५ गतेसम्ममा ७ खर्ब २६ अर्ब ४६ करोड १७ लाख रुपैयाँ असुली भएको छ ।

यसैगरी गैरभन्सार राजस्वतर्फ लक्ष्यको ५२.१८ प्रतिशत संकलन भएको छ । सो अवधिमा गैरभन्सार राजस्व ५१ अर्ब ५५ करोड ५५ लाख रुपैयाँ असुली भएको छ, जसको वार्षिक लक्ष्य भने ९८ अर्ब ८० करोड ९४ लाख रुपैयाँ रहेको छ ।

महालेखाका अनुसार सोही अवधिमा अनुदानतर्फ १६.६५ प्रतिशत हासिल भएको छ । चालू आवमा सरकारले ६० अर्ब ५२ करोड ७७ लाख रुपैयाँ अनुदान प्राप्तिको लक्ष्य राखेको जेठ मध्यसम्ममा १० अर्ब ७ करोड ५४ लाख रुपैयाँ मात्र प्राप्ति भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x