गुराँस लाइफ इन्स्योरेन्स १४ औं वर्षमा प्रवेश

काठमाडौं, १७ जेठ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड १३ औं वर्ष पुरा गरी १४ औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले २०६५ जेठ १७ गते पहिलो बीमा पोलिसी जारी गरी नेपालमा जीवन बीमा व्यवसाय सुरु गरेको थियो ।

बार्षिकोत्सवको अवसरमा कम्पनीले कम बीमा शुल्कमा अधिकतम् प्रतिफल दिने प्रतिबद्धता समेत व्यक्त गरेको छ । साथै आमजनताहरुमा बीमाको पहुँच पु¥याउन निरन्तर लागि पर्ने र आगामी दिनमा अझै सरल, छरितो, प्रविधिमैत्री बीमा सेवामार्फत अघिबढ्ने प्रतिबद्धता समेत जनाएको छ ।

कम्पनीले सञ्चालन अवधिको १४ वर्षको अवधीमा १० अर्ब रुपैयाँ भन्दा बढिको जीवन बीमा कोष बनाउन सफल भएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *