Date

आइत, कार्तिक ९, २०८२
Sun, October 26, 2025

नयाँ पुनर्बीमाका लागि ‘हिमालयन रि’ लाई लाइसेन्स दिने बीमा समितिको निर्णय

नयाँ पुनर्बीमाका लागि ‘हिमालयन रि’ लाई लाइसेन्स दिने बीमा समितिको निर्णय

काठमाडौं, १७ जेठ । बीमा समितिले हिमालयन रि–इन्स्योरेन्सलाई नयाँ पुनर्बीमा कम्पनीको लाइसेन्स दिने निर्णय गरेको छ । नयाँ पुनर्बीमा कम्पनीको लाइसेन्सका लागि आवेदन दिएका पाँच कम्पनी मध्ये हिमालयन रिलाई समितिले कम्पनी संचालनका लागि सहमति दिएको हो ।

यो कम्पनीमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, पूर्व अध्यक्षद्वय भवानी राणा र पशुपति मुरारका, नेपाल परिसंघका अध्यक्ष सतीशकुमार मोर सहित शंकर ग्रुप, केएल दुगड ग्रुप, एमभि दुगड ग्रुप, लक्की ग्रुप लगायत अन्य विभिन्न व्यवसायिक घरानाका व्यक्तिहरु संलग्न छन् ।

समितिका अनुसार हिमालयनसहित प्रुडेन्सियल रि–इन्योरेन्स, अन्नपूर्ण रि–इन्स्योरेन्स, काठमाडौं रि–इन्स्योरेन्स र जेन्युन रि–इन्योरेन्सले लाइसेन्सका लागि आवेदन दिएका थिए ।

हाल नेपालमा एक मात्र पुनर्बीमा कम्पनी नेपाल पुनर्बीमा कम्पनी संचालनमा छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *