Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

सोमबार नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट

सोमबार नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट

काठमाडौं । सोमबार शेयर बजार परिसूचक नेप्से परिसूचकमा गिरावट आएको छ । आइतबार १२.५४ अंकले बढेको नेप्से सोमबार भने ४५.२५ अंकले घटेर २७८२.६८ विन्दुमा झरेको छ ।

कारोबारमा आएका १३ समूह मध्ये म्यूचूअल फन्ड बाहेक अरु सबै समूहको परिसूचक घटेको छ। म्यूचूअल फन्ड पनि ०.०४ अंकले मात्र बढेको छ ।

यस्तै कारोबार रकम पनि आइतबारको तुलनामा घटेको छ । सोमबार २ सय १८ कम्पनीको १३ अर्ब ९० करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ। त्यसमा सबैभन्दा धेरै हिस्सा राधी विद्युत कम्पनीका रहेको छ । यो कम्पनीको ९० करोड ३९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यो दिन सबैभन्दा धेरै कमाउनेमा पनि राधीकै लगानीकर्ता भएका छन् । यो कम्पनीको शेयर मूल्यमा ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता १२ सय ५६ रुपैयाँ पुगेको छ ।

सेन्ट्रर फाइनान्सको शेयर मूल्यमा पनि यो दिन ९.९१ प्रतिशतले बढेको छ । यस्तै सबैभन्दा धेरै गुमाउनेमा भने अरुण भ्याली हाइड्रोपावरका लगानीकर्ता छन् । यस कम्पनीको शेयर मूल्यमा सोमबार ९.५२ प्रतिशतले गिरावट आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x