Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

निषेधाज्ञाको चपेटामा दुग्ध व्यवसाय, ५० प्रतिशतले घट्यो खपत

काठमाडौं, १८ जेठ । गतवर्षको लकडाउनदेखिको दुग्ध पदार्थको मौज्दात रहेकोमा हाल जारी निषेधाज्ञाले दुग्ध पदार्थको विक्री ह्वात्तै घटेको डेरी उद्योगीहरूले बताएका छन् । डेरी उद्योगीसँग पर्याप्त मात्रामा दुग्ध पदार्थको मौज्दात रहँदा तोकिएको समयमा किसानलाई रकम भुक्तानी दिन समेत समस्या भएको राष्ट्रिय दुग्ध विकास बोर्डले बताएको छ ।

बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादवले धेरै मौज्दात र पुनः जारी गरिएको निषेधाज्ञाका कारण दुग्ध पदार्थको खपतमा ५० प्रतिशतले ह्रास आएको बताए । बोर्डको तथ्यांक अनुसार निषेधाज्ञाका कारण व्यवसायीसँग ठूलो मात्रामा दुग्ध पदार्थको मौज्दात छ ।

बन्दाबन्दीअघि दैनिक ८ लाख ५० हजार लिटर दुध खपत हुने गरेकोमा हाल ४ लाख ३५ हजारको हाराहारीमा मात्र खपत हुँदै आएको छ । यसैगरी, ४ हजार एक सय मेट्रिक टन बटर तथा २ हजार ५ सय मेट्रिक टन धूलो दूध मौज्दात रहेको छ ।

ठूलो मात्रामा मौज्दात हुँदा पशुलाई दाना चोकर उपलब्ध नहुने, पशुपालन व्यवस्थापनमा असर पर्ने, दैनिक दूध संकलन तथा विक्री नहुने, दूध उत्पादन घट्ने, पशु पालनमा असहजता आउनुका साथै आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा प्रत्यक्ष असर परिरहेको बताइएको छ ।
दूध तथा दुग्ध पदार्थको नियमित सेवन, कोरोना भाइरस विरुद्धको दीर्घजीवन भन्ने नाराका साथ विश्व दूध दिवसको पूर्वसन्धामा सोमबार भर्जुअल माध्यमबाट गरिएको पत्रकार सम्मेलनमा सहभागी दुग्ध क्षेत्रमा संलग्न व्यक्तिले निषेधाज्ञाको समयमा दुग्ध पदार्थको खपतमा कमी आउँदा किसानलाई रकम भुक्तानीमा समस्या भएको बताएका थिए । यसैगरी, काठमाडौँ उपत्यकाका तीन जिल्लामा कडाइ गरिएको निषेधाज्ञाको समयमा दुग्ध पदार्थ ढुवानीका साधनमा अवरोध भएको गुनासो गरेका थिए । बोर्डले आज (मंगलवार) विश्व दूध दिवस मनाउँदै छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x