कर छुटको सुविधा प्रयोग गर्न आन्तरिक राजस्व विभागद्वारा आग्रह

काठमाडौं, १८ जेठ । आर्थिक अध्यादेशले दिएको कर छुटको सुविधा प्रयोग गर्न आन्तरिक राजस्व विभागले कर कार्यालयमा गई सुविधा उपयोग गर्न आग्रह गरेको छ । आर्थिक अध्यादेश, २०७८ को दफा २०, २१, २२, २३, २४, २५, २६, २७, २८, २९, ३०, ३१, ३२ र ३३ ले कर छुट तथा सहुलियत सम्बन्धी विशेष व्यवस्था गरिएको भन्दै विभागले उक्त छुट सुविधा लिन आग्रह गरेको हो । आर्थिक अध्यादेश, २०७८ बाट प्रदान गरिएका कर छुट तथा सहुलियतको व्यवस्था अध्यादेश जेठ १५ गते देखि लागू हुनेछ।

कर छुट तथा सहुलियत सम्बन्धी विस्तृत विवरण आन्तरिक विभागले सार्वजनिक गरिसकेको छ। यस सम्बन्धी थप जानकारीको लागि सम्बन्धित आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयहरुमा सम्पर्क गरी सहुलियतको अधिकतम उपभोग गर्न आग्रह गरेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *