एभरेष्ट इन्स्योरेन्सको वार्षिक साधारण सभा

काठमाडौं, ८ चैत । एभरेष्ट इन्स्योरेन्सले वैशाख १० गते २३औं वार्षिक साधारण सभा बोलाएको छ । वार्षिक साधारण सभाको जानकारी इन्स्योरेन्सले नेपाल स्टक एक्सचेन्जलाई गराएको छ ।

इन्स्योरेन्सले शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर र ०.५३ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि प्रस्ताव गरेको छ । यस्तै कम्पनीले संस्थापक र सर्वसाधारणहरुको शेयर स्वामित्व ५१ प्रतिशत र ४९ प्रतिशत कायम राख्नको लागि हकप्रद शेयर जारी गर्नै जनाएको छ ।

कम्पनीले १ बराबर १.०५ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । जसलाई संस्थापक शेयरको रुपमा कायम गरिने जनाएको छ । यस्तै कम्पनीले १ बराबर ३ कित्ता हकप्रद शेयर समेत जारी गर्ने बताएको छ । हकप्रद शेयरको लागि कम्पनीले बुक क्लोजको मिति चैत २६ गते राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *