सेयर बजारमा १०.६३ अंकको गिरावट
काठमाडौं, ८ चैत । साताको अन्तिम कारोबार दिन आज सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । पछिल्लो समय क्रमश घटिरहेको बजार आज बजार १०.६३ अंकले घटेर १२२०.४४ बिन्दुमा झरेको छ ।
आज कारोबारमा आएका मध्ये सबै समूहको परिसूचक ओरालो लागेको छ । सबै भन्दा बढि बीमा समूहको परिसूचक १२०.७ अंकले घटेको छ भने बैंकिङ समूहको परिसूचक सबैभन्दा कम अर्थात ३.९६ अंकले घटेको छ ।
त्यस्तै आज एक सय ५८ कम्पनीको ४३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यसमा नेपाल लाईफ इन्स्योरेन्सको सबैभन्दा धेरै सेयर कारोबार भएको छ ।