Date

शनि, बैशाख १५, २०८१
Sat, April 27, 2024

अन्तर्राष्ट्रिय विकास सहायता परिचालन बढ्दै

अन्तर्राष्ट्रिय विकास सहायता परिचालन बढ्दै

काठमाडौं, २१ जेठ । नेपालमा पछिल्ला वर्षहरूमा अन्तर्राष्ट्रिय विकास सहायता परिचालन बढ्दै गएको छ । अर्थ मन्त्रालयले हालै सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७७ ले यस्तो देखाएको हो ।

मन्त्रालयको तथ्यांक अनुसार चालू आर्थिक वर्षको फागुनसम्ममा ९२ अर्ब ५० करोड रुपैयाँ बराबरको अन्तर्राष्ट्रिय विकास सहायता परिचालन भएको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २७.५ प्रशितले बढी हो ।

चालू आवको ८ महिनाको कुल सहायता परिचालनमध्ये ऋण र अनुदानको अंश क्रमशः ९१.९ प्रतिशत र ८.१ प्रतिशत रहेको छ । गत आर्थिक वर्षमा १ खर्ब ८१ अर्ब ८० करोड रुपैयाँ बराबरको अन्तर्राष्ट्रिय विकास सहायता परिचालन भएको थियो ।

मन्त्रालयका अनुसार विकास सहायता परिचालनमा बजेट प्रणालीबाट हुने सहायताको अंश बढ्दो क्रममा छ । गत आर्थिक वर्षमा विकास सहायता परिचालनमा बजेट प्रणालीबाट हुने विकास सहायताको अंश ८३.५ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षको यस्तो अंश ७८ प्रतिशत रहेको थियो ।

चालू आर्थिक वर्षको ८ महिनामा अन्तर्राष्ट्रिय विकास सहायता उपयोग भने ऋण र अनुदान गरी ६० अर्ब ९ करोड रुपैयाँ बराबरको भएकोृ मन्त्रालयको तथ्यांक छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x