Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

मेलम्ची आयोजनाको पहिलो चरणको निर्माण अन्तिम चरणमा

मेलम्ची आयोजनाको पहिलो चरणको निर्माण अन्तिम चरणमा

काठमाडौं, २६ जेठ । मेलम्ची खानेपानी आयोजनाअन्तर्गत पहिलो चरणको निर्माण सम्पन्न हुने चरणमा पुगेको छ । आयोजनाअन्तर्गत सुरुङ र पानी प्रशोधन केन्द्र सम्पन्न भएर सञ्चालनमा आइसकेको छ भने ‘हेडवक्र्स’को थोरै काम मात्रै बाँकी रहेको बताइएको छ ।

‘हेडवर्क’ मा अहिले गेट राख्ने काम भइसकेको र फ्रेम राख्न बाँकी रहेको मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तलाई उद्धृत गर्दै राससले उल्लेख गरेको छ । उनका अनुसार आयोजनामा अब लामो समयको काम बाँकी छैन । विदेशबाट ल्याउनुपर्ने गेटको सामान ल्याउन मात्रै बाँकी छ ।

‘हेडवक्र्स’ निर्माणको अवधि केही समय पहिले नै सकिएको थियो । कोभिडका कारण गत आवमा निर्माणमा अवरोध पुगेकाले अवधि थपिएको प्रवक्ता पन्तले बताए । थप भएको अवधि आगामी साउनमा सकिँदै छ । त्यतिबेलासम्ममा निर्माण सकिने उनको भनाइ छ ।

राष्ट्रिय गौरवको सो आयोजना निर्माण शुरु भएको दुई दशकपछि सम्पन्न हुने चरणमा पुगेको हो । आयोजनाले तीन महिना पहिलेदेखि नै सुरुङको परीक्षण गरेर उपत्यकामा पानी झारेको थियो । अहिले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले पानी वितरण गरिरहेको छ । सुरुङको निर्माण गत आवमा नै सम्पन्न भएको थियो ।

गत वर्ष असारमा सुरुङ परीक्षणका क्रममा दुर्घटना भएकाले सुरुङमा आवश्यक त्रुटि सच्याएर पुनः परीक्षण गरिएको हो । दुई वर्ष पहिले नै सुन्दरीजलमा पानी प्रशोधन केन्द्रको निर्माण सम्पन्न भइसकेको थियो । सुरुङ परीक्षणकै लागि पानी वितरण केही समय स्थगित गरिने आयोजनाले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x