Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

बीमा कम्पनीको व्यवसायमा एक वर्षमै उत्साहजनक वृद्धि

बीमा कम्पनीको व्यवसायमा एक वर्षमै उत्साहजनक वृद्धि

काठमाडौं, २६ जेठ । कोरोना महामारीकै बीच बीमा कम्पनीहरू उत्साहजनक रूपमा व्यवसाय बढाउन सफल भएका छन् । सञ्चालनमा रहेका ४० वटा बीमा कम्पनीहरूले चालू आवको तेस्रो त्रैमाससम्ममा १ खर्ब १६ अर्ब ८८ करोड रुपैयाँ बीमा प्रिमियम संकलन गरेका छन्, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४३ प्रतिशतले बढी हो ।

अर्थ मन्त्रालयका अनुसार गत आर्थिक वर्षको चैतसम्मा बीमा कम्पनीहरूले ८१ अर्ब ७२ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए । बीमा प्रिमियम संकलनमा जीवन बीमा र निर्जीवन बीमातर्फको अंश क्रमशः ८०.३ र १९.७ प्रतिशत रहेको छ ।

सोही अवधिमा बीमा कम्पनीहरूबाट जारी भएको बीमालेख संख्या गत आर्थिक वर्षको तुलनामा ६.९ प्रतिशतले बढेर १ करोड ५ लाख ७९ हजार १५० पुगेको छ । यसमध्ये जीवन बीमालेख र निजीवन बीमालेखको हिस्सा क्रमशः ७८.८ र २१.२ प्रतिशत रहेको छ ।

मन्त्रालयका अनुसार यस अवधिमा वैदेशिक रोजगार बीमालेख समेत समावेश गर्दा बीमाको दायरामा आएको जनसंख्या २६.२ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बीमाको पहुँच २५.८ प्रतिशत रहेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x