शर्मा एण्ड कम्पनीका संस्थापक अध्यक्ष शर्माको निधन

काठमाडौं, २६ जेठ । शर्मा एण्ड कम्पनीका संस्थापक अध्यक्ष राधाकृष्ण शर्माको निधन भएको छ । ८५ वर्षिय शर्माको काठमाडौंको बयोधा अस्पतालमा उपचारको क्रममा मंगलवार विहान मस्तिष्कघातका कारण निधन भएको हो ।

उनका श्रीमती, एक छोरा र तीन जना छोरीहरु रहेका छन् भने सात जना नातीनातिना रहेका छन् । उनका छोरा रमेश शर्मा कम्पनीका प्रवन्ध निर्देशक हुन् ।

स्व. शर्माले सन् १९६६ मा शर्मा एण्ड कम्पनी स्थापना गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *