बुधबार शेयर बजारमा करेक्सन, १३ अंकले घट्दा करिब १७ अर्बको कारोबार

काठमाडौं, २६ जेठ । बुधबार नेप्से १३.५६ अंक घटेर बन्द भएको छ । हिजो नयाँ विन्दुमा पुगेर रेकर्ड बनाएको परिसूचक आज २९४६.५८ विन्दुमा रोकिएको छ ।

आज २२१ कम्पनीको ३ करोड १३ लाख ५४ हजारभन्दा बढी कित्ता शेयर १९ अर्ब ९९ करोड ७० लाख रुपैयाँमा खरिद विक्री भइरहेको छ ।

आज ८ वटा कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । त्यस्तै सर्वाधिक मूल्यको शेयर खरिद विक्री अरुण भ्याल्ली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको भएको छ । यो कम्पनीको ८७ करोड ९४ लाख रुपैयाँभन्दा बढीको भएको छ । यो कम्पनीको शेयर मूल्य ४७९ रुपैयाँ कायम भएको छ ।

त्यस्तै नियमित जसो सर्वाधिक मूल्यको शेयर खरिद विक्री हुने नेपाल पुनर्बीमा कम्पनी लिमिटेड आज सर्वाधिक कारोबार हुने दोस्रो स्थानमा रहेको छ । यो कम्पनीको ६१ करोड ८० लाख रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको छ । आज यो कम्पनीको शेयर मूल्य १९२० रुपैयाँ कायम भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *