शैक्षिक कर्जा लघुवित्त मार्फत पनि प्रदान गर्ने व्यवस्था गर्न माग
काठमाडौं, २७ जेठ । सरकारले आगामी वर्षको बजेट मार्फत स्नातकभन्दा माथि उत्र्तिण गरेकाहरुलाई शैक्षिक प्रमाणपत्र धितो राखेर ५ प्रतिशत व्याजदरमा २५ लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराउँने घोषणा गरेको छ । नेपाल राष्ट्र बैंकले आगामी वर्षको मौद्रिक नीति मार्फत बैंकहरुले मात्र नभई लघुवित्तहरुले पनि शैक्षिक प्रमाणपत्र धितो राखेर कर्जा उपलब्ध गराउँने स्पष्ट व्यवस्था गनुपर्ने लघुवित्त बैंकर्सहरुको माग छ ।
संघका अध्यक्ष बसन्त लम्सालले लघुवित्त मार्फत यस्तो कर्जा प्रवाह गर्दा दूरदराजका नागरिकाले समेत लाभ उठान सक्ने बताए ।
लघुवित्तहरुले ऋण लगानी गर्दा १५ प्रतिशतसम्म व्याज लिन पाउँने व्यवस्था छ । तर, सरकारले केही मात्रमा सहयोग गरे बैंकहरुले जत्तिकै व्याजदरमा शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लगानी गर्न तयार रहेको पनि उनले बताए । लघुवित्तहरु ग्रामिण क्षेत्रमा केन्द्रित हुने हुँदा यस्ता योजनाहरु थप प्रभावकारी हुने विश्वास छ ।