Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

आनन्द कुटीको आइसोलेसनलाई कान्तिपुर सिसडोल वातावरण सेवाको आर्थिक सहयोग

आनन्द कुटीको आइसोलेसनलाई कान्तिपुर सिसडोल वातावरण सेवाको आर्थिक सहयोग

काठमाडौं, २७ जेठ । काठमाडौं महानगरपालिका वडा नं १५ को स्वयम्भुस्थित आनन्द कुटीमा सञ्चालित सुविधासम्पन्न आइसोलेसन सेन्टरलाई कान्तिपुर सिसडोल वातावरण सेवा प्रा.लि.ले आर्थिक सहयोग प्रदान गरेको छ । कम्पनीका अध्यक्ष रमेश नेवा र व्यवस्थापक रामेश्वर पोखरेलले आज संयुक्तरुपमा सांसद जीवनराम श्रेष्ठ र काठमाडौं महानगरपालिका वडा नं १५ का अध्यक्ष एवम् प्रवक्ता ईश्वरमान डंगोललाई सहयोग रकम हस्तान्तरण गरेका हुन ।

अध्यक्ष नेवाले कम्पनीको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत केही रकम सहयोग गरेको जानकारी दिए । गत जेठ २ गतेबाट सञ्चालनमा आएको आइसोलेसन सेन्टरमा अहिले १६ जना कोभिडका बिरामी रहेका छन् ।

कान्तिपुर सिसडोल वातावरण सेवाले झन्डै दुई दशकदेखि महानगरपालिकाको १३, १४ र १५ नम्बर वडामा सरसफाईको काम गर्दै आएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x