Date

बुध, बैशाख २६, २०८१
Wed, May 8, 2024

सिटिजन्स बैंकको विशेष साधारण सभाबाट सिर्जना फाइनान्सलाई प्राप्तीको प्रस्ताव पारित

सिटिजन्स बैंकको विशेष साधारण सभाबाट सिर्जना फाइनान्सलाई प्राप्तीको प्रस्ताव पारित

काठमाडौं, २७ जेठ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको सातौँ विशेष साधारण सभा सम्पन्न भएको छ। बैंकको केन्द्रिय कार्यालयमा डिजिटल प्लाटफर्म जुममार्फत बैंकले सातौँ विशेष साधारण सभा संचालन गरिएको हो ।

सञ्चालक समितिको तर्फबाट अध्यक्ष राजनसिंह भण्डारीले सिर्जना फाइनान्स लिमिटेडललाई प्राप्ति (एक्विजिसन) गर्नका लागि पेश गरेको विशेष प्रस्ताव विशेष साधारण सभाबाट सर्वसम्मत रुपमा पारित भएको छ । सिर्जना फाइनान्सको एक सय कित्ता शेयरलाई सिटिजन्स बैंकको ९५ कित्ता शेयर (१ः०.९५) दिने गरी शेयर मूल्य अनुपात कायम गरिएको छ ।

प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप करिव १ खर्ब ३८ अर्ब रुपैयाँ हुनेछ भने सर्वसाधारणलाई दिएको ऋण लगानी करिव १ खर्ब २२ अर्ब रुपैयाँ हुने जानकारी दिइएको छ। यस्तै बैंकको कुल शाखा एक सय ८९ हुनेछ भने ग्राहक सङ्ख्या करिव १२ लाख पुग्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x