Date

आइत, कार्तिक २, २०८२
Sun, October 19, 2025

श्रम स्वीकृत अब आइतबार र बुधबार मात्र

श्रम स्वीकृत अब आइतबार र बुधबार मात्र

काठमाडौं, २८ जेठ । वैदेशिक रोजगार कार्यालयले अब हप्तामा दुई दिन श्रम स्वीकृति प्रदान गर्ने भएको छ। कोरोना संक्रमणका कारण यसअघि प्रत्येक बुधबारमात्र श्रम स्वीकृति प्रदान गरिँदै आएकोमा पनि अब भने आइतबार र बुधबार गरी दुई दिन प्रदान गरिने कार्यालयले जनाएको छ।

कोरोना संक्रमण रोकथामका लागि सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गर्दै अन्तर्राष्ट्रिय उडान पनि बन्द गरेपछि भौतिक रूपमा उपस्थित भएर प्रदान गरिने श्रम स्वीकृति बन्द भएको थियो। गएको जेठ १८ गतेदेखि श्रम गन्तव्य देश कतारसहित तीन देशमा नियमित उडान खोलेसँगै कार्यालयले व्यक्तिगत श्रम स्वीकृति कार्यालयमा भौतिक रूपमा उपस्थित भएर प्रदान गर्न थालेको हो तर यो सेवा यसअघि बायोमेट्रिक नभएका व्यक्तिका लागि मात्र रहेको जनाइएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *