Date

शुक्र, कार्तिक ९, २०८१
Fri, October 25, 2024

पोर्टेबल अक्सिजन ब्याग रिचार्जरमा आजदेखि अडर गर्न सकिने

पोर्टेबल अक्सिजन ब्याग रिचार्जरमा आजदेखि अडर गर्न सकिने

काठमाडौं, २८ जेठ । रिचार्जरले कोरोनाका साथै अन्य आकस्मिक बिरामीहरुका लागि लक्षित गर्दै पोर्टेबल अक्सिजन व्याग बजारमा ल्याएको छ । कोभिड सम्बन्धि सबै किसिमका सामानहरु बजार मूल्यभन्दा सस्तोमा उपलब्ध गराउँदै आएको रिचार्जरले अक्सिजन व्यागको बिक्री बितरण सुरु गर्न लागेको हो ।

शुक्रबार (आज) दिउँसो २ बजेदेखि ५ बजे सम्म रिचारजर एपमा उक्त व्याग खरिदका लागि बुकिङ तथा अर्डर गर्न सकिने रिचार्जरले जनाएको छ । उक्त अवधिमा बुकिङ गर्नेहरुलाई पोर्टेबल अक्सिजन २ हजार रुपैंयाको दरमा उपलब्ध हुनेछ । उक्त अवधिमा रिचार्जरका प्रयोगकर्ताले ५०० देखि ५ हजारसम्म क्यास प्वाइन्ट रिडिम गर्न सक्ने छन् ।

१ लिटर क्षमताको उक्त पोर्टेबल व्यागले ४५ मिनेटदेखि १ घण्टासम्मका लागि बिरामीलाई अक्सिजन उपलब्ध गराउने छ । उक्त अवधिमा बिरामीलाई अस्पताल पुर्याउन पोर्टेबल अक्सिजनले सधाउ पुर्याउनेछ ।

रिचार्जरले १० लिटर क्षमताको अक्सिजन सिलिण्डर ९ हजार ९९९ रुपैंयामा उपलब्ध गराउने जनाएको छ ।

यसका साथै रिचार्जरले ५ लिटर क्षमताको वाई यु ३०० अक्सिजन कन्सन्ट्रेटर ३३ हजार ९९९, ओगल्सको ५ लिटर क्षमताको ६५ हजार र १० लिटर क्षमताको १ लाख ३५ हजार रुपैंयामा उपलब्ध हुनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x