शेयर बजारमा आजबाट हटाइयो एओएन व्यवस्था
काठमाडौं, ३० जेठ । शेयर बजारमा लागु हुँदै आएको एओएन प्रणाली आजबाट हटेको छ । बजारमा चलखेल बढेको भन्ने लगानीकर्ताको गुनासोपछि नेपाल धितोपत्र बोर्डले यो व्यवस्थालाई हटाउन नेपाल स्टक एक्स्चेञ्जलाई निर्देशन दिएसँगै यो व्यवस्था हटेको हो ।
एओएन को अँग्रेजी पूरा रुप ‘अल अर नन’ हो । कुनै व्यक्तिले बजारमा बिक्रीका लागि राखेको शेयर खरिदकर्ताले सबै किन्ने ग्यारेन्टी नगरेसम्म बिक्री नहुने प्रणाली एओएन हो ।
यस्तो प्रणाली कायमै रहँदा निकै सस्तो र निकै महँगो मूल्यमा ठूलो संख्यामा शेयर बिक्रीमा राखेर चलखेल गर्ने गरेको लगानीकर्ताको गुनासो थियो । कसैलाई मूल्य घटाउनु छ तर शेयर बेच्नु छैन भने एकैपटक दशौं हजार कित्ता शेयर सस्तो मूल्यमा बिक्रीमा राखिदिन सक्थ्यो । यो व्यवस्था हटेसँगै साना लगानीकर्ता फस्ने सम्भावना कम भएको बताइएको छ ।