बैंक तथा वित्तीय संस्थाका कर्मचारी सामाजिक सुरक्षा कोषमा आवद्ध हुन नचाहनुको यस्तो छ कारण ? (भिडियो सामाग्री)
काठमाडौं, ३१ जेठ । सरकारले लागु गरेको सामाजिक सुरक्षा योजनामा बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले कोषले सबैलाई मान्य हुने गरी कार्यविधि संशोधन नगरे सम्म आवद्ध नहुँने बताएका छन् । अहिलेकै व्यवस्था अनुसार कोषमा आवद्ध भएपनि बैंक तथा वित्तीय संस्थाले दिँदै आएको सेवा नै गुम्ने भन्दै उनीहरुले कार्यविधि संशोधनको माग गरेका हुन । कोषमा आवद्ध हुन के गर्नुपर्छ भन्नेबारे नेपाल वित्तस्य संस्था कर्मचारी संघका अध्यक्ष पदमराज रेग्मीको विचार ।