Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

खानीखोलाको शेयर कारोबार फुकुवा

खानीखोलाको शेयर कारोबार फुकुवा

काठमाडौं, ३१ जेठ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आजदेखि खानीखोला हाइड्रोपावर कम्पनीको शेयर कारोबार फुकुवा गरेको छ। वित्तीय विवरण पेश नगरेको भन्दै नेप्सेले गत जेठ २० गतेदेखि कारोबार रोक्का गरेको थियो ।

कम्पनीले गत जेठ २६ गते कम्पनीको लगइनबाट नेप्सेको वेबसाइटमा लगानीकर्ता र सरोकारवाला निकायहरुले अध्ययन गर्न सक्ने गरी अपलोड गरेकाले नेप्सेले कारोबार फुकुवा गर्ने निर्णय गरेको हो ।

कम्पनीले जेठ २३ गते चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x