Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

वर्षायामका तीन महिना सडक खन्न नपाइने

वर्षायामका तीन महिना सडक खन्न नपाइने

काठमाडौं, ३१ जेठ । वर्षायामक तीन महिना ढल तथा अन्य गतिविधिका लागि सडक खन्न नपाइने भएको छ। संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले सूचना जारी गरी असारदेखि भदौसम्म सडक संरचना खन्न रोक लगाएको हो।

काठमाडौं, ललितपुर, भक्तपुर, हेटौंडा, खुर्कोट, नुवाकोट, भरतपुर लगायतका जिल्लाका सडकहरू खन्न रोक लगाएको हो । वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्कालै मर्मतसम्भार गरी यथास्थितिमा ल्याउन नसकिने तथा सडक पनि बिग्रदै जाने भएकाले यो समयमा रोक लगाइएको सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले जानकारी दिए ।

यो अवधिमा सडक खन्ने स्वीकृति नदिइने र कसैले जबरजस्ती सडक खने मा सार्वजनिक सडक ऐन, २०३१ अनुसार कारबाही हुनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x