दुई दिनमा सुनको मूल्य १३ सय घट्यो

काठमाडौं, ३१। स्थानीय बजारमा सोमबार पनि सुनको मूल्य सात सय रुपैयाँ घटेको छ । आइतबार पनि प्रतितोला छ सय रुपैयाँले घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ९३ हजार दुई रुपैयाँ कायम भएको छ ।

यस्तै, तेजाबी सुन पनि सात सय रुपैयाँले नै घटेर ९२ हजार सात सय रुपैयाँ कायम भएको छ । चाँदी पनि प्रतितोला ५ रुपैयाँले घटेको छ । एक हजार तीन सय ६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *