Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

कोभिडको मारमा पुष्प व्यवसाय, दैनिक एक करोडको नोक्सानी

कोभिडको मारमा पुष्प व्यवसाय, दैनिक एक करोडको नोक्सानी

काठमाडौं, २ असार । कोरानो महामारीका कारण सबै क्षेत्र प्रभावित भइरहँदा पुष्प व्यवसायमा पनि यसको प्रत्यक्ष असर परेको छ । कोभिडको पहिलो लहरपछि लयमा फर्किंदै गएको यो व्यवसाय दोस्रो लहरको संक्रमण तथा यसको नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण मारमा परेको हो ।

उत्पादन विक्री हुन नसक्दा पुष्प व्यवसायले दैनिक करिब १ करोड नोक्सान बेहोर्नुपरेको फ्लोरिकञ्चर एशोसिएशन नेपालले बताएको छ ।

कोभिड त्रासकै बीच लामो समयदेखि बन्द रहेको अन्य केही व्यवसाय विस्तारै खुला हुन थालेका छन् । तर यो क्षेत्र कहिले खुल्ने र व्यासायले गति लिने विषय अन्योल नै छ । अहिले मठ मन्दिर, होटल, पार्टी प्यालेस र पर्यटन व्यवसाय सञ्चालनमा नआएकाले यस क्षेत्रले नोक्सानको सामना गर्नुपरेको संघका अध्यक्ष कुमार कसजु श्रेष्ठलाई उद्धृत गर्दै राससले उल्लेख गरेको छ । संघका अनुसार अनुसार कोरोना महामारी नहुँदा सामान्य समयमा फूलको दैनिक १ करोडभन्दा बढीको कारोबार हुने गरेको थियो ।

पछिल्लो समय महामारीका कारण नियमित व्यवसाय गर्न नपाएकाले नोक्सानको सामना गर्नुपरेको भन्दै यस व्यवसायबाट २५ प्रतिशत व्यवसायी अन्य पेशामा पलायन भएको संघले बताएको छ ।

नेपालमा २००७ सालदेखि शुरू भएको पुष्प व्यवसाय शहरीकरणको विकाससँगै फस्टाउँदै गएको भए पनि महामारीको कारण अहिले भने संकटमा परेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x