Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

२३.८ प्रतिशतले बढ्यो निजीक्षेत्रमा बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह

२३.८ प्रतिशतले बढ्यो निजीक्षेत्रमा बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह

काठमाडौं, २ असार । एक वर्ष अवधिमा बैंक तथा वित्तीय संस्थाले निजीक्षेत्रमा प्रवाह गरेको कर्जा २३.८ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको वैशाखसम्मको तुलनामा चालू आर्थिक वर्षको १० महिना अवधिमा निजीक्षेत्रमा बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाहमा उक्त प्रतिशतको वृद्धि देखिएको हो ।

गत आर्थिक वर्षको सोही अवधिमा यस्तो कर्जा ११.१ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा चालू आवको वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा २४.८ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह २४.१ प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह २५.३ प्रतिशतले र वित्त कम्पनीहरूको कर्जा प्रवाह ८.६ प्रतिशतले बढेको छ ।

सो अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ६५.९ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.४ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु)को धितोमा प्रवाह भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६५.४ प्रतिशत र १३.२ प्रतिशत थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x