Date

मङ्ल, पुस १, २०८२
Tue, December 16, 2025

धितोपत्र बोर्डको विज्ञप्तिप्रति लगानीकर्ताहरुको आपत्ति

धितोपत्र बोर्डको विज्ञप्तिप्रति लगानीकर्ताहरुको आपत्ति

काठमाडौं, २ असार । नेपाल धितोपत्र बोर्डले हिजो जारी गरेको विज्ञप्तिप्रति लगानीकर्ताहरुले आपत्ति जनाएका छन् । धितोपत्र बोर्डले नामै तोकेर ५१ वटा सूचीकृत कम्पनीलाई जोखिमयुक्त र घुमाउरो पाराले खराब कम्पनी भनेको प्रति लगानीकर्ताहरुले आपत्ति जनाएका हुन् ।

आज संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै नेपाल इन्भेष्टर्स फोरम र सेयर लगानीकर्ता संघ नेपालले बोर्डको विज्ञप्तिप्रति असहमति जनाएका हुन् । संसारमा कुनै पनि देशको नियामक निकाय आफैंले सञ्चालन स्वीकृति दिएका कम्पनीहरुमा लगानी गर्न उचित हुँदैन भनेर धारणा दिन नसक्ने उनीहरुले बताएका छन् । विज्ञप्तिमा उल्लेख छ, ‘उसले कानुनले वर्जित गरेको बाहेक सबै कामहरु स्वतन्त्र रुपमा गर्ने छुट पाउँछ, गैर कानुनी कार्य गर्ने कम्पनीलाई कानुनी रूपमै कार्यवाही गर्ने अधिकार सम्बन्धित निकायलाई नै हुन्छ ।’

यो सबै अवस्थामा बोर्डले आफैंले सञ्चालन स्वीकृति दिएका कम्पनीहरुमा लगानी गर्न उचित हुँदैन भनेर धारणा राख्नु गैर कानुनी भएको उनीहरुले बताएका छन् । लगानीकर्ताहरुको लगानी असुरक्षित बनाउने काम नियामक धितोपत्र बोर्डबाट हुनु अत्यन्त दुखद विषय भएको लगानीकर्ताले बताएका छन् । उनीहरुले यदि कम्पनीहरु जोखिममा छन भने सूचीकरणबाट नै हटाउने प्रकृया किन नगरेको भन्दै नियामलाई प्रश्न गरेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *