Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

निफ्रासहितका ५१ कम्पनीमा लगानी गर्नु जोखिमपूर्ण : धितोपत्र बोर्ड

निफ्रासहितका ५१ कम्पनीमा लगानी गर्नु जोखिमपूर्ण : धितोपत्र बोर्ड

काठमाडौं, १ असार । नेपाल धितोपत्र बोर्डले सेयरबजारमा रहेकामध्ये ५१ कम्पनीमा लगानी गर्नु जोखिम हुने बताएको छ । बोर्डले गरेको अध्ययनमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा), एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड (एनआरएन), विशालबजार कम्पनी, हाइड्रोइलेक्ट्रिसिटी एन्ड डेभलपमेन्टसहितका उक्त संख्याका कम्पनीमा लगानी गर्नु जोखिम हुने पाइएको छ । अध्ययनमा ५१ कम्पनीको २०७३ साउन, २०७७ वैशाख र २०७८ जेठ ३१ गतेको सेयर मूल्य तुलना गरिएको छ ।

सूचीको पहिलो नम्बरमा कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड रहेको छ । बोर्डका अनुसार विगत एक वर्ष अवधिमा सूचीकृत संगठित संस्थाहरूको मूल्यवृद्धि ३ सय प्रतिशत र सोभन्दा बढी प्रतिशतले वृद्धि भएका, मूल्य आम्दानी अनुपात (पीई रेसियो) सय र सोभन्दा बढी भएका, प्रतिसेयर आम्दानी ऋणात्मक भएका, प्रतिसेयर अंकित मूल्यभन्दा प्रतिसेयर नेटवर्थ कम भएका, कम्पनीको वर्तमान वित्तीय क्षमताको मूल्यांकन समेतका आधारमा हाल जोखिमयुक्त देखिएका ५१ वटा सूचीकृत संगठित संस्थाहरु छनोट गरी बोर्डबाट अध्ययन गरिएको थियो ।

उक्त सूचीकृत संगठित संस्थाको कारोबारमा भित्री कारोबार, सर्कुलर कारोबार, कर्नरिङलगायतका धितोपत्रसम्बन्धी कसुरका सम्बन्धमा समेत विस्तृत अध्ययन कार्य अगाडि बढाइएको बोर्डले जनाएको छ । बोर्डले लगानीकर्तालाई यी संस्थामा लगानी गर्दा ध्यान दिन भनेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x