लक्ष्मी बैंकले ल्यायो युरो कप योजना
काठमाठौं, १ असार । युरो कप २०२० लाई लक्षित गर्दै लक्ष्मी बैंकले एफ–वान सफ्टसँगको सहकार्यमा ‘प्रेडिक्ट एन्ड विन क्याम्पेन’ ल्याएको छ । यो क्याम्पेन युरो कप २०२१ सुरु भएको दिन जुन ११ देखी सुरु भई अन्तिम दिन जुलाई ११ सम्म जारी रहनेछ । क्याम्पेनमा ५ जना भाग्यशाली विजेताहरुले ५० एमबिपिएस को १ वर्ष अवधिको इन्टरनेट सस्क्रिप्सन निःशुल्क पाउन सकिनेछ ।
यो क्याम्पेनमा भाग लिन लक्ष्मी बैंकका ग्राहकहरुले मोबाईल मनी सेवा सुचारु गरेको हुनुपर्दछ र मोबाईल मनीका प्रयोगकर्ताले भने सजिलै एपद्वारा नगद ट्रान्स्फर गरी यसमा सहभागी हुन सकिने बताइएको छ ।
मोबाईल मनी को ‘फोन–पे डैरेक्ट’ वा अन्तर बैंक नगद ट्रान्स्फरबाट नगद ट्रान्सफर गर्दा प्रोमो कोड राख्ने ठाउँमा आफुले अनुमान गरेको युरो कप विजेता देशको नाम राख्नुपर्नेछ । यति गरेपछि नै यस क्याम्पेनमा सहभागी हुन सकिने बैंकले जानकारी दिएको छ ।
क्यम्पेनको अवधिपछी युरो कप विजेता देशको सही अनुमान गर्नुहुने ग्राहकमध्येबाट लक्की ड्रमार्फत ५ जनालाई विजेता घोषणा गरिने उल्लेख छ । विजेता ग्राहकहरुले १ वर्षको इन्टरनेट सब्स्क्रिप्सन निःशुल्क पाउने बैंकले बताएको छ ।