शेयर बजारमा करेक्सन, बजार ३.७२ अंकले घट्दा साढे १६ अर्बको कारोबार
काठमाडौं, १ असार । मंगलबार (आज) शेयर बजारमा करेक्सन देखिएको छ । लगातार नयाँ रेकर्ड बनाउँदै आएको बजार आज ३.७२ अंक घटेर ३०२२.१० विन्दुमा रोकिएको छ । आज सेन्सेटिभ इन्डेक्स भने ०.०४ प्रतिशतले वृद्धि भएको छ ।
२२६ कम्पनीको ३ करोड ९ लाख ४८ हजारभन्दा बढी कित्ता शेयर १६ अर्ब ५२ करोड ८७ लाख रुपैयाँमा खरिद विक्री भएको छ । सर्वाधिक शेयर मूल्य वृद्धि सिइडीबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, खानिखोला हाईड्रोपावर कम्पनी लिमिटेड र युनियन हाइड्रोपावर कम्पनी लिमिटेडको भएको छ । यी कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।
आज नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको सर्वाधिक मूल्यको शेयर कारोबार भएको छ । यो कम्पनीको ७६ करोड ३० लाख ९७ हजार रुपैयाँको शेयर खरिद विक्री भएको हो । यो कम्पनीको शेयर मूल्य १९३० रुपैयाँ कायम भएको छ ।
आज कारोबारमा आएका १३ समूहमध्ये ५ वटा समूहको परिसूचक वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको छ । परिसूचक वृद्धि हुनेमा होटल तथा पर्यटन समूह १.५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह १.१४ प्रतिशत, अन्य समूह ३.९९ प्रतिशत, म्युचुअल फण्ड समूह ०.३५ प्रतिशत र लगानी समूह २.०७ प्रतिशतले वृद्धि भएका छन् । सर्वाधिक परिसूचक घट्नेमा विकास बैंक समूह रहेको छ । यो समूहको परिसूचक ४.४२ प्रतिशतले घटेको छ ।