Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

यी हुन् नेपालले आयात गर्ने प्रमुख १० वस्तुहरू, कुन कति भित्रियो ?

यी हुन् नेपालले आयात गर्ने प्रमुख १० वस्तुहरू, कुन कति भित्रियो ?

काठमाडौं, ५ असार । चालू आर्थिक वर्षको पहिलो १० महिनामा नेपालले १२ खर्ब ५४ अर्ब ११ करोड रुपैयाँ बराबरको वस्तु आयात गर्यो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.३ प्रतिशत बढी आयात भएकोमा सबैभन्दा ठूलो हिस्सा डिजेलले ओगटेको छ । यद्यपि यसको आयात गतवर्षको दाँजोमा भने ६.९ प्रतिशतले कम हो ।

वैशाख मसान्तसम्ममा नेपालले ७० अर्ब ५६ करोड ६४ लाख रुपैयाँ बराबरको डिजेल आयात गरेको छ । गत आवको यसै अवधिमा भने यो ७० अर्ब ७९ करोड ९९ लाख रुपैयाँ बराबरको थियो ।

मुलुकमा आयात भएका अन्य प्रमुख वस्तुहरूमध्ये दोस्रोमा एमएस बिलेट रहेको छ, जुन ५७ अर्ब ४८ करोड ११ लाख रुपैयाँ बराबरको भित्रिएको छ, गत आवको तुलनामा यसको आयात ६२.२ प्रतिशतले धेरै हो । आयात वस्तुको तेस्रो स्थानमा रहेको भटमासको कच्चा तेल ३९ अर्ब ४६ करोड ७१ लाख रुपैयाँ बराबरको भित्रिएको छ, जुन गत आवको तुलनामा करीब दोब्बर अर्थात् १८१ प्रतिशत हो ।

पैठारीको चौथो स्थान मोबाइल फोनले ओगटेको छ । समीक्षा अवधिमा यो ३२ अर्ब ९ करोड २९ लाख रुपैयाँ बराबरको आयात भएको छ, जुन गत आवको सोही अवधिको तुलनामा ११८.५ प्रतिशत बढी हो । यस्तै पाँचौं स्थानमा रहेको एलपी ग्यास २९ अर्ब ५१ करोड ७७ लाख रुपैयाँ बराबरको भित्रएको छ । यो गत आवको भन्दा ९.२ प्रतिशत धेरै हो ।

१० महिनामा नेपालमा पैठारी भएका अन्य प्रमुख ५ वस्तुहरूमा क्रमशः पेट्रोल २६ ८८ करोड ५१ लाख, तयारी कपडा २६ अर्ब १२ करोड ८ लाख, चामल २३ अर्ब ९१ करोड ५८ लाख, कोइला २३ ३९ करोड १ लाख) र पोलिथिन दाना २१ अर्ब ७६ करोड ९७ लाख रुपैयाँ बराबरको रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x