Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

सुनचाँदी ब्यवसायी माथि भएको आक्रमण र लुटपाटको महासंघद्वारा भत्सना

सुनचाँदी ब्यवसायी माथि भएको आक्रमण र लुटपाटको महासंघद्वारा भत्सना

काठमाडौं, ५ असार । पछिल्ला दिनमा ब्यवसायी माथि आक्रमण तथा लुटपाटका घटना बढ्दै गएकोमा नेपाल सुनचाँदी ब्यवसायी महासंघको गंभिर ध्यानाकर्षण भएको छ । यस किसिमका घटना एकपछि अर्को दोहोरिँदै जानुले मुलुकको शान्ति सुरक्षाको अवस्थाप्रति नै गंभिर चुनौति खडा गरेको बताइएको छ ।

करिव एक महिना अगाडि ब्यवसायीको ज्यानै जानेगरी सिराहामा भएको सुनचाँदी ब्यवासयीको हत्या र लुटपाटको घटना सेलाउन नपाउँदै पुनः महोत्तरी जिल्लाको सम्सी गाउँपालिका वडा नं १ मा त्यस्तै प्रकृतिको अर्को घटना दोहोरिएको छ । लुटेरा समूहले राजिप ज्वेलर्सका सञ्चालक विरेन्द्र साहलाई बुधबार राति करिव १२ गजेको समयमा गोली हानी गंभिर घाइते वनाउनुका साथै परिवारका अन्य सदस्यलाई समेत रड तथा खुकुरी प्रहारगरी खस्त घाइते वनाएका छन् । सञ्चालक साह तथा परिवारका अन्य सदस्यहरुलाई घाइते वनाएपछि उनीहरुले पसल तथा घरमा रहेका सुन तथा चाँदी र गरगहना समेत लुटेर लगेका छन् ।

ब्यवसायी माथि यसरी एकपछि अर्को गरी हमला तथा लुटपाट गरिन थालेको घटनाले समग्र सुनचाँदी ब्यवसायीलाई हतोत्साही र चिन्तित वनाएको मात्र नभई ब्यवसाय सञ्चालनगर्ने मनोवल नै खस्किएको छ । यस्ता घटनाले आम सुनचाँदी ब्यवसायीमात्र नभई समग्र उद्यमी ब्यवसायी र पेशाकर्मीलाई नै चिन्तित तुल्याएको महासंघले जनाएको छ।

यस्तो घटनाको बिषयमा सरकार एवं सुरक्षा निकायको गंभिररुपमा ध्यानाकर्षण गराउँदै दोषीको अविलम्व पत्ता लगाई कडा भन्दा कडा कारवाही गनुृकासाथै आगामी दिनमा यस्ता घटना हुन नदिन जोडदार माग गर्दछौं । साथै आक्रमणवाट गंभिर घाइते हनुभएका सुनचाँदी ब्यवसायी साह र उहाँको परिवारका सदस्यहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै आगामी दिनमा निर्वाधरुपमा पेशा ब्यवसाय गर्न पाउने वातवारण सिर्जनागर्न सरकार र सुरक्षा निकायसँग आग्रह गरेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x