Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

अझै केही दिन मनसुनको सक्रिय प्रभाव रहने

अझै केही दिन मनसुनको सक्रिय प्रभाव रहने

काठमाडौं, ५ असार । केही दिन अघिदेखि सक्रिय रहँदै आएको मनसुन तत्काल कमजोर नहुने मौसमविद्ले बताएका छन् । यस वर्ष शुरूमै मनसुन सक्रिय भएर भित्रिएकाले तत्काल कमजोर हुने अवस्था नरहेको जल तथा मौसम विज्ञान विभागले बताएको छ ।

‘यस वर्ष मनसुन सक्रिय भएर भित्रिएकाले यो वायुको प्रभाव अझै केही दिन कायम रहने देखिन्छ,’ विभागका मौसमविद् शान्ति कँडेललाई उद्धृत गर्दै राससले उल्लेख गरेको छ, ‘त्यसैले केही दिन वर्षाको क्रम जारी रहन सक्छ ।’ केही दिनपछि भने यो वायुको प्रभाव निस्तेज हुने उनको भनाइ छ ।

मनसुन शुरू हुने औसत मितिभन्दा तीन दिनअघि नै यस वर्ष सक्रिय मनसुनले लगातार पानी पारिरहेको छ । विभागका अनुसार, अहिले पनि देशभर आंशिकदेखि सामान्य बदली भइरहेको छ भने प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानमा मनसुनी वायुले हल्का पानी पारिरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x