Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

सांग्रिला बैंकको १० वर्षे ऋणपत्र आजदेखि निष्कासन

सांग्रिला बैंकको १० वर्षे ऋणपत्र आजदेखि निष्कासन

काठमाडौं, ६ असार । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले वार्षिक ९ प्रतिशत ब्याजदरको १० वर्षे ऋणपत्र निष्कासन तथा बिक्री खुला भएको छ । बैंकले असार ६ गते (आज) देखि ‘९ प्रतिशत सांग्रिला डेभलपमेन्ट बैंक डिबेञ्चर २०८७’ निष्कासन गरेको हो ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ७५ करोड रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता ऋणपत्र निष्काशन गरेको हो। सोमध्ये ३० करोड रुपैयाँ बराबरको ३ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ भने बाँकी ४५ करोड रुपैयाँ बराबरको ४ लाख ५० हजार कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ।

सो ऋणपत्र खरिदका लागि छिटोमा असार ९ गतेसम्म आवेदन दिनुपर्नेछ भने अवधिसम्ममा पूर्ण आवेदन नपरेमा ढिलोमा असार २० गतेसम्म आवेदन दिन सकिने छ । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ३ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x