Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

नागरिक लगानी कोषले कोभिड प्रभावित पर्यटन क्षेत्रमा विशेष सापटी दिने

नागरिक लगानी कोषले कोभिड प्रभावित पर्यटन क्षेत्रमा विशेष सापटी दिने

काठमाडौं, ६ असार । नागरिक लगानी कोषले पर्यटन उद्योगसंग सम्बद्ध–होटल, ट्राभल, टे«किङ तथा उडड्यन क्षेत्रमा कार्यरत कर्मचारीका लागि विषेश योजना ल्याएको छ । कोषद्वारा संचालित कर्मचारी वचत बृद्धि स्वीकृत अवकाश कोष कार्यक्रममा सहभागी हुँदा मासिक रुपमा कट्टा गरेको रकम सापटी लिन चाहेमा उक्त सापटीमा सहभागीलाई थप ब्याज शुल्क नलिई सापटी प्रदान गर्ने व्यवस्था मिलाइएको बताएको छ ।

यसले मुलुकको हालको असमान्य परिस्थितिमा कोषका सहभागीलाई थोरै मात्रामा भएपनि राहत र सहयोग पु¥याउने उद्देश्यले यस्तो सुविधा उपलब्ध गराउन लागिएको हो । कोभिड प्रभावित विशेष सापटी नाम दिइएको यस सुविधा अन्तर्गत सहभागीको खातामा जम्मा भएको रकमको ५० प्रतिशतसम्म सापटी लिन सकिने छ ।

यस सापटीमा कर्मचारी वचत बृद्धि अबकाश कोषले दिने व्याजदर सरह नै लिने व्याजदर निर्धारण गरिएको छ । यस्को मतलव लिने र दिने ब्याजदरको अन्तर शुन्य रहेको छ । यस्तो सुबिधा अति प्रभावित पर्यटन क्षेत्रसंग सम्वद्ध सहभागीहरुलाई २०७८ पौष मसान्त सम्म उपलब्ध गराइने छ भने उक्त सापटी रकम सापटी लिएको २ बर्ष भित्र फिर्ता गर्नुपर्ने व्यवस्था मिलाइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x