Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

नयाँ करदाताको संख्यामा उत्साहजनक वृद्धि

नयाँ करदाताको संख्यामा उत्साहजनक वृद्धि

काठमाडौं, ७ असार । पछिल्लो समय स्थायी लेखा नम्बर (प्यान) लिने करदाता उल्लेख्य संख्यामा बढ्दै गएको पाइएको छ । अर्थ मन्त्रालयका अनुसार १० महिनामा ७ लाखभन्दा बढी नयाँ करदाता थपिएका छन् । प्यान लिनेको संख्यामा भएको वृद्धिले कानूनअनुसार लाग्ने कर तिर्ने नागरिकको बढोत्तरी भएको देखिन्छ ।

मन्त्रालय सार्वजनिक गरेको तथ्यांकले चालू आवको वैशाख मसान्तसम्ममा कुल ४० लाख ४३ हजार ७९४ ले स्थायी लेखा नम्बर लिएका छन्, जुन गत आवको असार मसान्तसम्मको तुलनामा ७ लाख ६ हजार ३०२ बढी हो । गतवर्ष असारसम्ममा यस्तो संख्या ३३ लाख ३७ हजार ५०० थियो ।

हालसम्म दर्ता भएका कुल करदातामध्ये व्यावसायिक स्थायी लेखा नम्बर लिने करदाता १५ लाख ९३ हजार अर्थात् ३९ दशमलव ४ प्रतिशत बराबर छ । सो अवधिमा २ लाख २३ हजारभन्दा बढी करदाता थपिएको छ ।

गतवर्ष असारसम्ममा १९ लाख ७३ हजार ४५२ जनाले व्यक्तिगत स्थायी लेखा नम्बर लिएकोमा १० महीनामा ४ लाख ६८ हजार थपिएका छन् । हाल व्यक्तिगत करदाताको संख्या २४ लाख ४१ हजार ५ सय ८४ अर्थात् कुल करदाताको ६० दशमलव ४ प्रतिशत छ । यो अवधिमा करकट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बरको संख्या ९ हजार १३४ छ । त्यसैगरी मूल्य अभिवृद्धि करमा दर्ता भएका करदाताको संख्या २ लाख ८८ हजार ७०० र अन्तःशुल्कमा दर्ता हुने करदाताको संख्या १ लाख ११ हजार ४९१ छ ।

गतवर्ष असारयता मूल्य अभिवृद्धि करतर्फ ३२ हजार ७४५ व्यावसायिक करदाता थपिएका छन् भने अन्तःशुल्कतर्फ १७ हजार २०० थपिएको मन्त्रालयको तथ्यांक छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x