Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

निषेधाज्ञा अवधिमै भित्रियो ३ लाख २३ हजार मेट्रिकभन्दा बढी खाद्यान्न

निषेधाज्ञा अवधिमै भित्रियो ३ लाख २३ हजार मेट्रिकभन्दा बढी खाद्यान्न

काठमाडौं, ७ असार । कोभिड नियन्त्रण तथा रोकथामका लागि लागिएको लागू गरिएको निषेधाज्ञा अवधिमै पनि नेपालमा उल्लेख्य परिमाणमा खाद्यान्नको आयात भएको पाइएको छ । अत्यावश्यक वस्तुको आपूर्ति तथा विक्रीवितरण सहज भएको आयात पनि नियमित रूपमा भइरहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बताएको छ । सोही कारण अत्यावश्यक वस्तुमै पर्ने खाद्यान्नको पैठारी पनि उच्च देखिएको छ ।

मन्त्रालयले सार्वजनिक गरेको बिहीवारसम्मको तथ्यांक अनुसार निषेधाज्ञा शुरू भए (वैशाख १६ गते)यता हालसम्म कुल ३ लाख २३ हजार ७९० मेट्रिक टन खाद्यान्न भित्रिएको छ, जसमध्ये जेठ महिनाको मात्रै आयात हिस्सा १ लाख ६७ हजार ५८९ मेट्रिक टन रहेको छ ।

यसैगरी सोही अवधिमा ५७ हजार ४९० मेट्रिक टन तरकारी आयात हुँदा गेडागुडी तथा दलहन वस्तु १० हजार ५७५ मेट्रिक टन भित्रिएको छ । यस्तै ४२ हजार १७१ मेट्रिक फलफूल पैठारी भएको छ भने दुग्ध पदार्थ २५३ मेट्रिक टन आयात भएको मन्त्रालयको तथ्यांकले देखाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x