नबिल बैंकको बन्द सेवा आजबाट सुचारु
काठमाडौं, ७ असार । नबिल बैंकको बैंकिङ्ग कारोबार पूर्ण रुपमा शुरु भएको छ । गत शुक्रबार अर्थात असार ४ गतेदेखि बन्द रहेको बैंकको बैंकिङ्ग सेवा आजबाट यथावत रुपमा शुरु भएको हो ।
बैंकले आफ्नो कोर बैंकिङ्ग सिष्टम (सीबीएस) स्तरोन्नती गर्नको लागि गत असार ४ गते दिउँसो ४ बजेदेखि आज बिहानसम्म सम्पूर्ण सेवा बन्द गरेको थियो । यो अवधिमा बैंकको सबै शाखाहरु, इन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, रेमिट्यान्स लगायतका सेवाहरु एवम् सम्पूर्ण बैंकिङ्ग कारोबारहरु पूर्णरुपमा बन्द थियो ।
यससँगै आजदेखि सबै सेवाहरु यथावत रुपमा शुरु भएको बैंकले जानकारी गराएको छ ।